शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सुनको मूल्य तोलामा १ हजार बढ्यो, चाँदी पनि महँगियो

शुक्रबार, साउन १५ २०८३

काठमाडौं  । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य तोलामा रु १ हजार र चाँदीको मूल्य रु ५० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८५ हजारमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ३६० कायम भएको छ।

बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ८४ हजार र चाँदी प्रतितोला रु ४ हजार ३१० मा कारोबार भएको थियो।

यसअघि बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार २०० र चाँदी प्रतितोला रु ४ हजार ३२० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ७० अमेरिकी डलर तथा चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।