बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो

बुधबार, साउन १३ २०८३

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। मंगलबारको तुलनामा छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८३ हजार २०० कायम भएको छ। यस्तै, चाँदी प्रतितोला रु ४ हजार ३२० मा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला रु २ लाख ८४ हजार २०० र चाँदी रु ४ हजार ३१० मा कारोबार भएको थियो।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला रु २ लाख ८८ हजार ५०० पुगेको थियो भने चाँदी रु ४ हजार ४४५ मा कारोबार भएको थियो। त्यसको तुलनामा पछिल्ला दुई दिनमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट देखिएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको कारोबार जारी छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुनको मूल्य प्रतिऔँस ४ हजार २९ अमेरिकी डलर र चाँदी ५७ अमेरिकी डलर कायम रहेको छ।