बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सेरामिक्स सामान आयातकै लागि वर्षेनि बाहिरिन्छ १० अर्ब

बुधबार, असोज १ २०७६

काठमाडौं असोज, १– देशमा सेरामिक्सका सामान उत्पादन गर्ने उद्योगहरु आवश्यक मात्रामा स्थापना गर्न नसक्दा वर्षेनि देशबाट १० अर्ब  रुपैयाँ बाहिरिने गरेको छ । सेरामिक्सको माटो नेपालमै उपलब्ध हुने भएको भएपनि उद्योग नभएका कारण विदेशबाट सामान आयात गर्नुपर्ने बाध्यता छ ।

निकासी तथा प्रवर्धन केन्द्का अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा मात्र कूल  १० अर्व २ करोड रुपैयाँको  सेरामिक्स नेपालमा आयात भएको छ । जुन आर्थिक वर्ष २०७४÷७५ मा कूल ८ अर्व ३२ करोडको सेरामिक्स आयात भएको थियो ।   यो आयात  अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले बढी हो ।

नेपालमा सेरामिक्सको व्यवसायीक उत्पादन हुन थालेको  ३३ वर्ष भएको छ । लस्सादार माटो सेरामिक्स उद्योगको लागी आवश्यक हुन्छ । यस्तो माटो दाङमा पाईने प्रशोधन केन्द्र नभएका कारण  नहुँदा समेत माटो भारत बाट समेत ल्याउनु पर्ने बाध्यतामा व्यवसायीहरु छन् ।

 

सेरामिक्समा प्रयोग हुने माटोको आयातमा कुल आयातको  भारत बाट ८६ प्रतिशत अर्थात् ९ दशमलव ९ करोडको हुन्छ  । र चीनवाट १३ प्रतिशत अर्थात् १ दशमलव ५ करोडको रहेको छ ।
निकासी तथा प्रवर्धन केन्द्का अनुसार  विगत १० वर्षमा सेरामिक्सको वार्षिक आयात औसत वृद्धिदर भने २७ प्रतिशत रहेको छ । नेपालको सेरामिक्स उत्पादनले नेपाली बजारको दश प्रतिशत मात्रै माग धान्छ ।

 नेपालको सेरामीक्स बजारमा भारत बाट मात्र ८ दशमलव ६ अर्व अर्थात् कुल आयातको ८४ प्रतिशत  सेरामीक्स आयात भएको छ । यस्तै चीन बाट १ दशमलव ४ अर्व अर्थात् कुल आयातको  १३ प्रतिशत आयात भएको छ । विगत १० वर्षको सेरामिक्सको वार्षिक आयात औसत वृद्धिदर २७ प्रतिशत रहेको छ ।