काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अग्र्यानिक सङ्घका पदाधिकारी तथा व्यवसायीसँग अग्र्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार, बजारीकरण र निर्यात प्रवर्द्धनका विषयमा छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा सङ्घका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अग्र्यानिक एग्रो इन्डस्ट्रिजका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुने जनाइएको छ।
नेपाल अग्र्यानिक सङ्घ जैविक (अग्र्यानिक) कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोगको प्रवर्द्धनमा क्रियाशील संस्था हो।
प्रधानमन्त्री शाहले पछिल्लो समय उद्योग, व्यवसाय तथा उत्पादनमूलक क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या, सुझाव र मागबारे जानकारी लिँदै आएका छन्। ती छलफलका आधारमा आवश्यक नीतिगत सहजीकरण तथा समाधानका पहलसमेत भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।