बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्राईम कर्मसियल बैंकद्धारा कन्काईलाई प्राप्ती गरी एकीकृत कारोवार सुरु

आइतबार, भाद्र २९ २०७६

काठमाडौं, भदौ २९ । प्राइम कमर्सियल बैंक लिमिटेडले कन्काई विकास बैंक लिमिटेडलार्इै प्राप्ति पश्चातको एकीकृत कारोबार शुभारम्भ गरेको छ । 

आज आईतबार एक समारोह बीच प्राईम बैंकका अध्यक्ष राजेन्द्र दाश श्रेष्ठले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चातको एकीकृत कारोबार शुभारम्भ गरेका हुुन । 

प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदाश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर तथा दुवै बैकका संचालकहरु र बैंककाक र्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

बैंकले बिभिन्न बित्तिय संस्थाहरुलाई मर्जर तथा प्राप्ति समेत गरी आफ्नो पूँजी बढाउने योजना अन्र्तगतकन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति गरेको हो  । 

यी दुई बैंकहरुको प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी नौ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने निक्षेप ८८ अर्ब तीन करोड रुपैयाँ र कर्जा ८० अर्ब २८ करोड रुपैयाँ पुगेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा  संख्या ९५ पुगेको छ ।