काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला गरिएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो।
नेपाल र दक्षिण कोरियाबीच भएको समझदारीअनुसार यसपटक कोरियाले नेपालबाट ७ हजार २ सय जना कामदार लैजान आवेदन माग गरेको छ।
एचआरडी कोरियाका अनुसार उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जना कामदारको माग आएको छ। सोही आधारमा ईपीएस कोरिया शाखाले भाषा परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ।
भाषा परीक्षाका लागि जुलाई २७ देखि अगस्ट २ सम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ।
ईपीएस कोरिया शाखाका अनुसार पहिलो चरणको भाषा परीक्षाको नतिजापछि अर्को चरणको परीक्षा सञ्चालन गरिनेछ। परीक्षाका लागि २८ अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ।
अन्तिम परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको नतिजा प्रकाशन भएको मितिबाट दुई वर्षसम्म वैध रहनेछ। यद्यपि, भाषा परीक्षा उत्तीर्ण गर्नु मात्रै दक्षिण कोरियामा रोजगारी सुनिश्चित हुने आधार नभएको शाखाले स्पष्ट पारेको छ। उम्मेदवारले अन्य प्रक्रिया र रोजगारदाताको छनोट पनि पार गर्नुपर्ने हुन्छ।
आवेदकले निम्न मापदण्ड पूरा गरेको हुनुपर्नेछः