आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

आइतबार, साउन ३ २०८३

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभरमध्ये सबैभन्दा बढी वर्षा दाङको अमरपुर क्षेत्रमा मापन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अमरपुरमा १०७ मिलिमिटर वर्षा रेकर्ड भएको छ। विभागका मौसमविद् डेविड ढकालका अनुसार सोही अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर तथा पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको छ।

मनसुन सक्रिय रहेकाले देशका विभिन्न भूभागमा वर्षा जारी रहेको विभागले जनाएको छ। विशेषगरी पहाडी तथा तराईका केही जिल्लामा मध्यमदेखि भारी वर्षा हुने क्रम जारी रहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।

विभागले नदी तथा खोलानालाको आसपास बसोबास गर्ने नागरिकलाई सतर्क रहन, मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा लिन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।