काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा, व्यवसाय तथा निजी क्षेत्रका प्रतिनिधिसँग संवाद गर्ने क्रमलाई निरन्तरता दिँदै आज नेपाल जुत्ता व्यवसायी सङ्घ (फुटवेयर एसोसिएसन) का पदाधिकारीसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरपछि हुने छलफलमा एसोसिएसनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने तथा सल्लाहकार कालीदास गौतम लगायत सहभागी हुनेछन्।
छलफलमा स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, बजार व्यवस्थापन, उत्पादनमा आत्मनिर्भरता, उद्योगले भोगिरहेका समस्या तथा नीतिगत सुधारका विषयमा विचारविमर्श हुने जनाइएको छ।
प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा विभिन्न पेशागत तथा व्यावसायिक संघ–संस्थाका प्रतिनिधिसँग नियमित संवाद गर्दै उनीहरूका समस्या, सुझाव र नीतिगत सुधारका आवश्यकताबारे छलफल गर्दै आएका छन्।