काठमाडौं । डोल्पाबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय प्रहरीकक्षका अनुसार पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकाय रहेका छन्।
प्रहरीका अनुसार उनीहरू दुनैबाट मोटरसाइकलमा छलतर्फ जाँदै गरेका बेला त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजार क्षेत्रमा नियमित गस्तीमा रहेको प्रहरी टोलीले बुधबार जाँच गर्ने क्रममा स्रोत खुलाउन नसकिएको ५५ लाख ९० हजार रुपैयाँ नगद बरामद गरेको हो।
बरामद रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।