बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

यसपालीको दशैंबाट विदा पनि कटौंती

शुक्रबार, भाद्र २७ २०७६

काठमाडौं । चाडवाड लागिसकेको छ । नागपञ्चमपछि वर्षात सकिएर हिउँद लागेकोे मानिन्छ । जनै पूर्णिमा र हरितालिका तीज बिदा भइसकेको छ । तीजपछि हिन्दूहरुको महान चाड दशैं नजिकिँदैछ ।

आउँदो शनिबारबाट सोह्र श्राद्ध आरम्भ हुन्छ । सोह्र श्राद्ध १५ दिन रहन्छ । सोह्र श्राद्ध सकिएपछि दशैं शुरु हुन्छ । दशै शुरु हुन अब १८ दिन बाँकी छ । कर्मचारीलाई दशैंले छोइसकेको छ । विभिन्न कार्यालयमा कर्मचारीले दशैंको योजनाबारे छलफल गर्न थालिसकेका छन् । कतिपय दशैं खर्च जुटाउन लागिसकेका छन् ।

दशैं विदा भने विगतको तुलनामा कटौती भएको छ । सरकारले अघिल्लो वर्षदेखि दशैं विदा ३ दिन कटौती गरेको हो । पहिला दशैंमा सरकारी कार्यालय फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म विदा हुन्थ्यो ।

घटस्थापनाको दिन समेत गरी दशैंमा ८ दिन विदा दिइन्थ्यो । अहिले भने विदा कटौती गरी ५ दिनमा झारिएको छ । दशैंमा अब फूलपातीदेखि एकादशीसम्म ५ दिन मात्र  विदा दिइएको छ ।