आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

बिहिबार, असार ३२ २०८३

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित भएका दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले ‘प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ तथा ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन् ।

उक्त दुवै विधेयक प्रदेशसभाको असार २० गते बसेको बैठकबाट पारित भएका थिए। प्रमाणीकरणसँगै बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षका बजेट तथा आर्थिक प्रस्ताव कार्यान्वयनको कानुनी प्रक्रिया पूरा भएको छ।