मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

बुधबार, असार ३१ २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान गरेको छ।

केन्द्रीय बैंकले बुधबार सूचना जारी गर्दै निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम उठाउन बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो।

सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन्।

बोलकबोल गर्दा सहभागी संस्थाले निक्षेप गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलवपछिका चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ।

राष्ट्र बैंकका अनुसार न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म बोलकबोल गर्न सकिनेछ। प्रस्तावित रकम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

केन्द्रीय बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक नीति कार्यान्वयनका लागि समय–समयमा यस्ता निक्षेप सङ्कलनका उपकरण प्रयोग गर्दै आएको छ।