आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

संसद्मा प्रधानमन्त्री बालेन्द्र शाह र रवि लामिछानेको प्रवेशलाई लिएर एमालेको नियमापत्ति

मंगलबार, असार ३० २०८३

काठमाडौं । सञ्चारमाध्यमका कार्यालयअगाडि गाडी पार्क गरेर त्रास सिर्जना गरिएको विषयमा सरकारको आलोचना भइरहेका बेला प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रवेशलाई लिएर नियमापत्ति उठेको छ।

प्रतिनिधिसभा बैठकमा राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले धारणा राखिरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने बैठक कक्षमा प्रवेश गरेका थिए।

यसक्रममा नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले दुवैले संसदीय मर्यादा र नियम उल्लङ्घन गरेको भन्दै आपत्ति जनाउनुभयो।

उहाँले प्रधानमन्त्री शाह र लामिछाने सभामुख तथा बोलिरहेका सांसदको बीचबाट हिँडेर प्रवेश गरेको भन्दै त्यसलाई संसदीय नियमविपरीत भएको उल्लेख गर्दै सभामुखसँग आवश्यक रुलिङ गर्न माग गर्नुभयो।

घटनापछि सभामुखले के निर्णय लिनुहुन्छ भन्ने विषयमा सदनको ध्यान केन्द्रित भएको छ।