काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा उपराष्ट्रपति यादवले आफ्नो आगामी कतार भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
उपराष्ट्रपति यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनी कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न त्यसतर्फ जान लागेका हुन् ।
भ्रमणका क्रममा उपराष्ट्रपति यादवले कतारका वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट शोक सन्देश हस्तान्तरण गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपति सचिवालयले जनाएको छ।