काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ। बैठकमा विभिन्न विधेयक, वार्षिक प्रतिवेदन तथा अन्तर्राष्ट्रिय महासन्धि अनुमोदनसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०८१र८२ तथा लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन ९२०८१ साउन–२०८२ असार० सदनमा पेस गर्नेछन् ।
त्यसैगरी, कानुनमन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नुहुनेछ। अनुमति प्राप्त भएपछि उनले सोही विधेयक सदनमा औपचारिक रूपमा प्रस्तुत गर्नेछन् ।
यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आईएलओ० को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं। २९ माथि छलफल गरियोस् र त्यसलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्र्नेछन् ।
त्यसपछि मन्त्री यादवले नै आईएलओको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ ९नं। ८१० माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राख्नुका साथै उक्त महासन्धिलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।