नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से ३० दशमलव ६० अंकले घटेर २५ सय ७० दशमलव १८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य चार अंकले घटेर चार सय ५० दशमलव ५५ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ६८ वटा कम्पनीहरुको ५१ हजार दुई सय ९५ पटकको कारोबारमा चार करोड १७ लाख २५ हजार तीन सय २३ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम सात अर्ब ४६ करोड ८४ लाख १६ हजार एक सय १६ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहको सुचक घटेर नेप्से राताम्मै भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ६४ अंकले घटेर १४ सय पाँच दशमलव ५२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ७१ दशमलव २४ अंकले घटेर तीन हजार पाँच सय २२ दशमलव ९४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय २८ दशमलव २९ अंकले घटेर ११ हजार सात सय ९५ दशमलव ४५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुुचक पनि ८० दशमलव २४ अंकले घटेर १० हजार पाँच सय ६२ दशमलव ४६ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनएमबी बैंकको ऋणपत्र २०८८ पहिलो स्थानमा परेको छ ।