आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुकुम्बासीको उचित व्यवस्थापनको माग गर्दै माइतीघरमा प्रदर्शन

आइतबार, असार २८ २०८३

काठमाडौं । सुकुम्बासीलाई उचित व्यवस्थापन नगरी विस्थापित गरिएको आरोप लगाउँदै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागीहरूले सुकुम्बासी परिवारका लागि सुरक्षित, सम्मानजनक र दीर्घकालीन आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पस्दा त्यहाँ आश्रय लिइरहेका परिवारले ठूलो सास्ती बेहोर्नुपरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे।

मोर्चाका अनुसार शनिबार बिहान होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ रहेका परिवारहरू पुनः विस्थापित भएका थिए। त्यसपछि साँझ जेन–जी अभियन्ताहरूलाई पक्राउ गरिएको घटनाले आन्दोलन थप चर्किएको उनीहरूको भनाइ छ।

प्रदर्शनकारीहरूले सुकुम्बासीको दीर्घकालीन व्यवस्थापन, बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत तथा पक्राउ परेका अभियन्ताको अविलम्ब रिहाइको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।

उनीहरूले बल प्रयोग र दमनको नीति त्यागी संवाद र वार्तामार्फत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।