यो साता शेयर कारोबार रकम गत साता भन्दा बढेको छ । सो अनुसार नेप्से २६ सय दशमलव ७८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५३ दशमलव ६० अंकमा पुगेको छ ।
सातामा तीन सय ६७ वटा कम्पनीहरुको तीन लाख सात हजार एक सय ९१ पटकको कारोबारमा चार करोड ४९ लाख ३४ हजार आठ सय दुई कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम २४ अर्ब २५ करोड ६७ लाख तीन सय सात रुपैयाँ पुगेको छ ।
गत साता तीन सय ६५ वटा कम्पनीहरुको नौं लाख ८३ हजार चार सय ४३ पटकको कारोबारमा चार करोड ३५ लाख ३२ हजार नौं सय २१ कित्ता शेयर किनबेच भएको छ भने कारोबार रकम १८ अर्ब ३२ करोड १९ लाख छ सय २७ रुपैयाँ पुगेको थियो । यो साता पाँच दिन नै खुलेको नेप्से दोस्रो दिन बढेपनि बाँकी दिनहरुमा लगातार घटेको थियो ।
सो मध्ये पहिलो दिन सोमबार नेप्से २६ दशमलव २९ अंकले घटेर दुई हजार छ सय २७ दशमलव ११ अंकमा पुगेको थियो भने सेन्सिटिभ इन्डेक्स तीन दशमलव ५३ अंकले घटेर चार सय ५६ दशमलव २७ अंकमा पुगेको थियो । दोस्रो दिन भने नेप्से २४ दशमलव ५७ अंकले बढेर दुई हजार छ सय ५१ दशमलव ६८ अंकमा पुगेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३३ अंकले बढेर चार सय ६० दशमलव ६१ अंकमा पुगेको थियो । तेस्रो दिन नेप्से ३० दशमलव शुन्य नौं अंकले घटेर दुई हजार छ सय २१ दशमलव ५९ अंकमा पुगेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९३ अंकले घटेर चार सय ५६ दशमलव ६८ अंकमा पुगेको थियो । चौंथो दिन पनि नेप्से १९ दशमलव ६७ अंकले घटेर दुई हजार छ सय एक दशमलव ९२ अंकमा पुगेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४९ अंकले ओरालो लागेर चार सय ५४ दशमलव १९ बिन्दुमा झरेको थियो । पाँचौं दिन शुक्रबार पनि नेप्से एक दशमलव १३ अंकले घटेर दुई हजार छ सय दशमलव ७८ अंकमा पुगेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५८ अंकले घटेर चार सय ५३ दशमलव ६० अंकमा पुगेको थियो ।
यो साता आखुखोला जलबिद्युत कम्पनी लिमिटेड, नेपाल बैंकको ऋणपत्र आदिको सबैभन्दा बढी रकम कारोबार भएको छ । शेयर कारोबार भएको संख्याको आधारमा पनि लक्ष्मी सनराईन बैंक, आखुखोला जलबिद्युत कम्पनी कम्पनीहरु गाडि देखिएका छन् । बजार पुँजीकरणका आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।