मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

बेलिङघमको दुई गोलमा इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

आइतबार, असार २८ २०८३

काठमाडौं । इङल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलमा नर्वेलाई २–१ गोलले पराजित गर्दै इङल्यान्डले आठ वर्षपछि अन्तिम चारमा स्थान बनाएको हो।

आइतबार बिहान सम्पन्न खेलमा इङल्यान्डका जुड बेलिङघमले दुई गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका निर्वाह गरे।

खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए। तर त्यसपछि बेलिङघमले दुई गोल गर्दै इङल्यान्डलाई पुनरागमनसहित जित दिलाए।

विश्वकप इतिहासमै पहिलोपटक क्वार्टरफाइनल पुगेको नर्वेको यात्रा भने अन्तिम आठमै टुंगिएको छ।

यस जितसँगै इङल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ, जहाँ उसले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिनाले अर्को क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।