नेप्से झिनो अंकले घटेको छ । अघिल्लो दिन ३० दशमलव शुन्य नौं अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार एक दशमलव १३ अंकले घटेर २६ सय दशमलव ७८ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५८ अंकले घटेर चार सय ५३ दशमलव ६० अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय ६७ वटा कम्पनीहरुको ५३ हजार चार सय ३२ पटकको कारोबारमा एक करोड छ लाख ६० हजार पाँच सय ३७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ८६ करोड सात लाख १८ हजार छ सय ५८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सात वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ५० अंकले घटेर १४ सय १५ दशमलव १७ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि नौं दशमलव ८७ अंकले घटेर तीन हजार पाँच सय ९४ दशमलव १८ अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, जीवन बीमा र अन्य समुहको सुचक पनि घटेका छन् । निर्जीवन बीमा समुहको सुचक भने आज पाँच दशमलव २२ अंकले बढेर १० हजार छ सय ३९ दशमलव १९ अंकमा चढेकोमा लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा भगवती हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । नेपाल बैंकको ऋणपत्र २०८७ को आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।