सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

लुम्बिनी विकास बैंकको १९ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

शुक्रबार, असार २६ २०८३

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९ औं बार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

बैंकले उक्त अवसरमा केन्द्रिय कार्यालय डिल्लीबजारमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । साथै उक्त रक्तदानमा उत्साहजनक सहभागिताका साथ रक्तदान कार्यक्रम  सम्पन्न भयो ।  बैंकले बार्षिकोत्सव कै उपलक्ष्यमा २० बर्ष भन्दा बढी बिभिन्न तह र जिम्मेवारीमा रहि सेवा प्रदान गर्नु भएका कर्मचारीहरुलाई सम्मान समेत गरेको छ । सञ्चालक समितिका सदस्यज्यूहरु र ब्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणी भट्टराई, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले सयुक्तरुपमा कर्मचारीहरुलाई दीर्घ सेवा पदक र मायाको चिनो प्रदान गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उपस्थित सम्पुर्णमा शुभ कामना सहित स्वागत मन्तब्य राखेका थिए । सञ्चालक केशव खतिवडाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । साथै अध्यक्ष चिन्तामणी भट्टराईले सम्पुर्ण ग्राहक,शेयरधनी तथा कर्मचारीहरुलाई शुभकामना प्रदान गरे ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।