बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एशियाली बिकास बैंकद्धारा हिमालयन बैंकलाई टीएफपी अवार्ड

बुधबार, भाद्र २५ २०७६

काठमाडौं, भदौ २५ । एसियाली विकास बैंक (एडीबी)ले हिमालयन बैंक लिमिटेडलाई टिएफपी अवार्ड प्रदान गरेको छ । बैंकका अनुसार एडिबीलेटे«ड फाइनान्स कार्यक्रमअन्तर्गत उच्चतम कारोबार गरेबापत टीएफपी अवार्ड प्रदान गरेको हो ।

हिमालयन बैंक एडीबीको उच्च कार्य साझेदार बैंक पनि हो । एडिबीद्धारा हिमालयन बैंकलाई बैंकले एसिया प्रशान्त क्षेत्रमा ट्रेड फाइनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो ।

यही सेप्टेम्बर ३ मा सिंगापुरमा आयोजित ‘एडीबी ट्रेड फाइनान्स प्रोग्राम अवार्ड’ समारोहमा बैंकका महाप्रबन्धक सुशील जोशी र मुख्यप्रबन्धक सतिशराज जोशीले उक्त अवार्ड ग्रहण गरेका हुन् । बैंकले यो समेत गरी तेस्रो पटक यो अवार्ड प्राप्त गरेको हो ।