आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राष्ट्रपतिद्वारा मध्यराति चार विधेयक प्रमाणीकरण

शुक्रबार, असार २६ २०८३

काठमाडौँ । राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मध्यराति सङ्घीय संसद्बाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन् ।

उक्त चारै विधेयक सङ्घीय संसद्को बैठकबाट पारित भई बिहीबार नै प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस गरिएका थिए। संविधानबमोजिम राष्ट्रपति पौडेलले ती विधेयक प्रमाणीकरण गरेसँगै अब सम्बन्धित कानुन कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ।