नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज बिहिबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १९ दशमलव ६७ अंक अर्थात शुन्य दशमलव ७५ प्रतिशतले घटेर २६ सय एक दशमलव ९२ बिन्दुमा पुगेर रोकिएको हो । यसैगरी सेन्सेटिभ इन्डेक्स पनि दुई दशमलव ४९ अंक अर्थात शुन्य दशमलव ५४ प्रतिशतले घटेर चार सय ५४ दशमलव १९ बिन्दुमा सिमित भएको छ । आज फ्लोट इन्डेक्स एक दशमलव २१ अंक अर्थात शुन्य दशमलव ६७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शुन्य दशमलव ९० अंक अर्थात शुन्य दशमलव ५८ प्रतिशतले घटेका छन्।
नेप्सेमा आज चार अर्ब ६१ करोड १९ लाख ५४ हजार सात सय ८२ रुपैंयाँ बराबरको कारोबार भएको छ । यस अवधिमा ८७ लाख ५१ हजार तीन सय ८० कित्ता शेयर किनबेच हुँदा ५७ हजार आठ सय ६४ वटा कारोबारमार्फत तीन सय ६१ कम्पनीको शेयर किनबेच भएको छ।
उपसमूहतर्फ सबैजसो सूचक राताम्मे देखिएका छन् । बैंकिङ उपसमूह शुन्य दशमलव ५० प्रतिशत, विकास बैंक एक दशमलव ११ प्रतिशत, फाईनान्स शुन्य दशमलव ६२ प्रतिशत, होटल तथा पर्यटन शुन्य दशमलव ७६ प्रतिशत, जलविद्युत् शुन्य दशमलव ७० प्रतिशत, लगानी शुन्य दशमलव ९५ प्रतिशत, जीवन बीमा शुन्य दशमलव ६१ प्रतिशत, उत्पादन तथा प्रशोधन एक दशमलव १९ प्रतिशत, लघुवित्त शुन्य दशमलव ६९ प्रतिशत, म्युचुअल फन्ड एक दशमलव १६ प्रतिशत, निर्जीवन बीमा शुन्य दशमलव ६६ प्रतिशत, अन्य उपसमूह शुन्य दशमलव १८ प्रतिशत र व्यापार उपसमूह सबैभन्दा धेरै दुई दशमलव ३६ प्रतिशतले घटेका छन्।