दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगाउँडा हिलेटारस्थित सेती नदीमा आज बिहान एक महिलाको शव फेला परेको छ।
स्थानीयका अनुसार नदीछेउ तैरिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
स्थानीय नारायण श्रेष्ठका अनुसार सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर शवको मुचुल्का उठाउने तथा अनुसन्धानको काम अघि बढाएको छ।
प्रहरीका अनुसार मृतक महिलाको हालसम्म पहिचान खुल्न सकेको छैन। शवको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।