बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा देखिएन मौद्रिक नीतिको सकारात्मक प्रभाव, ३० अंकले घट्दा चार अर्ब ८२ करोड रुपैंयाँको शेयर किनबेच

बुधबार, असार २४ २०८३

नेपाल राष्ट्र बैंकले मंगलबार आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेपनि त्यसको असर नेप्सेको देखिएन । सो अनुसार मौद्रिक नीति घोषणापछिको पहिलो दिन अर्थात आज बुधबार नेप्से ३० दशमलव शुन्य नौं अंकले घटेर २६ सय २१ दशमलव ५९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९३ अंकले घटेर चार सय ५६ दशमलव ६८ अंकमा पुगेको छ । तीन सय ६२ वटा कम्पनीहरुको ७७ हजार छ सय २७ पटकको कारोबारमा ८४ लाख ६३ हजार १५ कित्ता शेयर किनबेच भएकाछन भने कारोबार रकम चार अर्ब ८२ करोड ६० लाख ८४ हजार आठ सय २५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेपनि बाँकी समुहहरुको सुचक भने घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव १२ अंकले घटेर १४ सय २४ दशमलव ८७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६२ दशमलव ७८ अंकले घटेर तीन हजार छ सय २९ दशमलव ७९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय एक दशमलव ७३ अंकले घटेर १२ हजार पाँच दशमलव ८८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय १५ दशमलव ८५ अंकले घटेर १० हजार सात सय दुई दशमलव ६७ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनएमबी बैंकको ऋणपत्र २०८७/८८ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने कुमारी बैंकको ऋणपत्र परेको छ ।