सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

मंगलबार, असार २३ २०८३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गतको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डका अनुसार परीक्षामा १ लाख २९ हजार ११४ विद्यार्थी सहभागी भएकामध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको ६४.६९ प्रतिशत हो।

जीपीएअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्मको जीपीए प्राप्त गरेका छन्।

त्यस्तै, १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० सम्म जीपीए हासिल गरेका छन्। बोर्डका अनुसार ०.८०–१.२० र १.२०–१.६० जीपीए प्राप्त गर्ने कुनै पनि विद्यार्थी छैनन्।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल आफ्नो वेबसाइट, आईभीआर सेवा तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ।