सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा बजेट तथा बजेटसँग सम्बन्धित विनियोजन विधेयकलगायतका प्रस्तावहरू टेबल गर्ने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा महालेखापरीक्षकको कार्यालय, लोकसेवा आयोग, थारु आयोग र मधेसी आयोगका वार्षिक प्रतिवेदन पनि प्रदेशसभामा पेस गरिने कार्यसूची रहेको सचिवालयले जनाएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट असार १ गते प्रस्तुत भएपछि प्रदेशसभाको बैठक पहिलो पटक बस्न लागेको हो। तर सरकारले ल्याएको बजेटलाई लिएर सत्तासाझेदार दलहरूबीच नै मतभेद उत्पन्न भएपछि बजेटसम्बन्धी बाँकी प्रक्रिया अघि बढ्न सकेको छैन।
आजको बैठकले बजेटमाथिको छलफल र त्यससँग सम्बन्धित संसदीय प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।