मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन क्वाटरफाइनलमा

मंगलबार, असार २३ २०८३

काठमाडौं । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको डलासमा सम्पन्न खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने संकेत देखिएको थियो। तर दोस्रो हाफको इन्जुरी समयमै मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए।

मेरिनोको अन्तिम समयको गोलसँगै स्पेनले क्वाटरफाइनलको यात्रा तय गर्दा पोर्चुगलको उपाधि अभियान भने राउन्ड अफ–१६ मै समाप्त भएको छ।

यस जितसँगै स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेको हो। सन् २०१० मा विश्वकप उपाधि जितेपछि स्पेन पहिलो पटक अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो।