काठमाडौँ । स्टार फरवार्ड एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँचपटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको न्युयोर्क–न्युजर्सीस्थित स्टेडियममा आज सम्पन्न प्रि–क्वाटरफाइनल खेलमा नर्वेले दोस्रो हाफमा गरेको दुई गोलको बलमा ब्राजिललाई स्तब्ध बनाएको हो।
नर्वेको जितका नायक हालान्ड बने। उनले खेलको ७९औँ मिनेटमा आन्द्रेस सेलड्रुपको पासलाई सदुपयोग गर्दै पहिलो गोल गरे। त्यसपछि निर्धारित समयको ९०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
ब्राजिलका लागि कप्तान नेइमारले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यस नतिजासँगै नर्वे विश्वकपको अन्तिम आठमा पुगेको छ भने पाँचपटकको च्याम्पियन ब्राजिलको उपाधि यात्रा प्रि–क्वाटरफाइनलमै समाप्त भएको छ।