बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

महालक्ष्मी विकास बैंकद्वारा शौचालय निर्माणको लागि सहयोग

सोमबार, भाद्र २३ २०७६

काठमाडौँ, भदौ २३ । महालक्ष्मी विकास बैंकले शौचालय निर्माणको लागि सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकको बिर्तामोड शाखाले महेन्द्र रत्न माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि दुुई लाख ७५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो ।

बैंकका अनुसार शनिबारका दिन काठमाडौमा सम्पन्न एक कार्यक्रमकाबीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निकिता गिरीलाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका हुुन् ।

उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य सञ्जय गिरी लगायत बैंक तथा रोटरी क्लबका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

रोटरी क्लब अफ बिर्तामोडले अन्य स्थानिय स्रोतबाट रकम संकलन गरी निर्माण कार्य सम्पन्न गर्नेछ । बैंकले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरूगर्दैजाने प्रतिबद्धता जनाएको छ ।