नेप्से बढेको छ । अघिल्लो दिन ४४ दशमलव ५९ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार आठ दशमलव ७८ अंकले बढेर २६ सय ६१ दशमलव ७१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८९ अंकले बढेर चार सय ६२ दशमलव ४७ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय ५९ पटकको कारोबारमा ४३ हजार एक सय ३१ पटकको कारोबारमा ८९ लाख ६४ हजार दुई सय २३ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम चार अर्ब ११ करोड ७७ लाख ८५ हजार सात सय रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोम हुँदा पाँच वटा समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २९ दशमलव शुन्य छ अंकले बढेर १४ सय ४९ दशमलव ६५ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि २० दशमलव १३ अंकले बढेर १२ हजार एक सय ९४ दशमलव ८६ अंकमा पुगेको छ । फाईनान्स, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने छ दशमलव ३६ अंकले घटेर पाँच हजार छ सय ४९ दशमलव ५४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ८१ अंकले घटेर १० हजार आठ सय ३९ दशमलव ३८ अंकमा पुगेको छ । जलबिद्युत, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपर लोहोरे खोला हाईड्रो पावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया बैकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि लक्ष्मी सनराईज बैंक पहिलो स्थानमा परेको छ ।