काठमाडौं । शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ।
मन्त्रालयले आइटी तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसङ्घ का अध्यक्ष वीरेन्द्रराज पाण्डे, शिक्षा विज्ञ डा. दीपेश्वरमान श्रेष्ठ तथा नर्सिङ एवं जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला राना लाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो।
सिटिइभिटीको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो। काउन्सिलले पाठ्यक्रम विकास, नयाँ शैक्षिक कार्यक्रमको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्याङ्कन प्रणालीको विकास तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।