मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

उच्च अंकले बढ्यो नेप्से, ४४ अंकले बढ्दा झण्डै चार अर्बको शेयर किनबेच

बुधबार, असार १७ २०८३

नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन १६ दशमलव ५४ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार ४४ दशमलव ५९ अंकले बढेर २६ सय ५२ दशमलव ९३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७७ अंकले बढेर चार सय ५८ दशमलव ५७ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय ६२ वटा कम्पनीहरुको ५६ हजार आठ सय ५० पटकको कारोबारमा ९५ लाख ४७ हजार छ सय ७८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ८६ करोड ११ लाख ८३ हजार चार सय १० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दशमलव शुन्य नौं अंकले बढेर १४ सय २० दशमलव ५९ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ८७ दशमलव ५६ अंकले बढेर तीन हजार छ सय ९६ दशमलव ३० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ७८ दशमलव ६५ अंकले बढेर १२ हजार एक सय ७४ दशमलव ७२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय १७ दशमनलव ४१ अंकले बढेर १० हजार आठ सय ७७ दशमलव २० अंकमा पुगेको छ । बिकास बैक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्नो रिर्भस प्राली परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने लक्ष्मी सनराईज बैंक लिमिटेड पहिलो स्थानमा परेको छ ।