मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नेप्सेमा भिषण पहिरो, झण्डै २५ अंकले घट्दा तीन अर्ब २५ करोडको शेयर किनबेच

मंगलबार, असार १६ २०८३

नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन १६ दशमलव ५४ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार २४ दशमलव ६३ अंकले घटेर २६ सय आठ दशमलव ३३ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य चार अंकले घटेर चार सय ५२ दशमलव ७९ अंकमा झरेको छ । नेप्सेमा आज तीन ६५ वटा कम्पनीहरुको ७९ हजार दुई सय ८६ पटकको कारोबारमा ८७ लाख ३७ हजार तीन सय ९२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ३८ अंकले घटेर १४ सय चार दशमलव ४९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५२ दशमलव ६५ अंकले घटेर तीन हजार छ सय आठ दशमलव ७४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ६७ दशमलव ७७ अंकले घटेर ११ हजार नौं सय ९६ दशमलव शुन्य सात अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ६६ दशमलव ३५ अंकले घटेर १० हजार छ सय ५९ दशमलव ७९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्नो रिर्भस कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा धौलागिरी टक्सार पिखुवाखोला हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिद्धार्थ बैंक लिमिटेड पहिलो स्थानमा परेको छ ।