सप्तरी, भदौ २० । उदयपुर घर भएकी ७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खडक नगरपालिका ८ मुसहरनिया बस्ने ४० वर्षीय रोहित सदालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सदाले ती महिलालाई गत सोमबार धाक धम्की, डर, त्रास देखाई जबरजस्ती करणी गरी फरार भएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बिसनपुरबाट खटिएको प्रहरीले उनलाई खडक नगरपालिका ८ बिसनपुर चोकमा रहेको मदिरा पसलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।