मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

संघर्षको परिवार, सफलताको नयाँ अध्याय ः सांसद आकृति अवस्थी

शुक्रबार, असार १२ २०८३

सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य तथा प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिकी सभापति आकृति अवस्थीले आज सुदूरपश्चिम विश्वविद्यालयबाट विकास अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गर्दै सार्वजनिक नेतृत्व र शैक्षिक उत्कृष्टताको प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छन् ।

व्यस्त संसदीय जिम्मेवारीका बीच पनि अध्ययनलाई निरन्तरता दिँदै स्नातकोत्तर पूरा गरेकी अवस्थीले राजनीति र ज्ञानलाई सँगसँगै अघि बढाउन सकिने सन्देश दिएकी छन्। विकास अध्ययनमा प्राप्त यो उपाधिले सामाजिक न्याय, महिला सशक्तीकरण, समावेशी विकास र प्रमाणमा आधारित नीति निर्माणप्रतिको उनको प्रतिबद्धतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

राजनीतिमा प्रवेश गर्नुअघि अवस्थीले छ वर्षभन्दा बढी समय विकास, मानवीय सहायता, विपद् व्यवस्थापन, लैङ्गिक समानता, समुदाय सशक्तीकरण, जलवायु अनुकूल विकास तथा सीमापार जलस्रोत व्यवस्थापन जस्ता क्षेत्रमा काम गरेकी छन् । अक्सफाम र मर्सी कोप्र्स जस्ता अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्य, परियोजना व्यवस्थापन, ःभ्ब्ी, महिला नेतृत्व, खाद्य तथा पोषण सुरक्षा र समुदायमा आधारित विकासका क्षेत्रमा उनको अनुभव उल्लेखनीय रहेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा ‘यङ्ग फेमेनिस्ट लिडरसिप एसिया पोग्राम–थाइल्याण्ड’ र ‘एसिया युथ क्याइमेट जस्टिस क्याम्प–बंगलादेश’मा सहभागिता जनाएकी अवस्थीले स्थानीय तहदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म विकास र सामाजिक न्यायका मुद्दामा आफ्नो नेतृत्व क्षमता स्थापित गरिसकेकी छन्।

आकृति अवस्थी हालैका जेन–जी आन्दोलनका क्रममा गम्भीर घाइते भएका युवा मुकेश अवस्थीकी दिदी पनि हुन् । प्रदर्शनका क्रममा गोली लागेर मुकेश अवस्थीले आफ्नो एक खुट्टाको तल्लो भाग गुमाएका थिए । परिवारले भोगेको त्यो पीडादायी अनुभवले मानव अधिकार, सामाजिक न्याय र राज्यको जवाफदेहिताका विषयमा आकृति अवस्थीको संवेदनशीलता र प्रतिबद्धतालाई अझ गहिरो बनाएको उनका निकटस्थहरू बताउँछन्।

संसदमा महिला तथा सामाजिक मामिला समितिको नेतृत्व गरिरहेकी अवस्थीको यो शैक्षिक उपलब्धिले अब महिला अधिकार, सामाजिक सुरक्षा, युवा अवसर, जलवायु न्याय, विपद् व्यवस्थापन र समावेशी विकासका मुद्दामा उनको नीति निर्माण क्षमतालाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।

ज्ञान, संघर्ष र सेवाको यो यात्राले सांसद आकृति अवस्थीलाई नयाँ पुस्ताको अध्ययनशील, संवेदनशील र परिणाममुखी राजनीतिक नेतृत्वका रूपमा थप स्थापित गरेको छ ।