काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा दलित क्लस्टरतर्फ केन्द्रिय सदस्य पदमा प्रतिनिधि सभा सदस्य स्मृति सेन्चुरीले उम्मेदवारी दिएकी छिन्।
पार्टीभित्र सक्रिय र स्पष्ट धारणा राख्ने नेतृका रूपमा परिचित सेन्चुरीले संघीय संसद्मा उठाएका विभिन्न विषयले सकारात्मक चर्चा पाएका छन्। विशेषगरी दलित समुदायका अधिकार, सामाजिक न्याय, समावेशी प्रतिनिधित्व तथा युवासम्बन्धी मुद्दामा उनले निरन्तर आवाज उठाउँदै आएकी छन्।
दलित समुदायका विभिन्न बिषय, राष्ट्रिय राजनिति तथा अन्य बहुअायामिक बिषयमा पाटि, जनतासँगको सम्बन्धमा पुलको काम गर्न केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएको सेन्चुरीले बताइन्।
पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व विकास र समावेशी संरचना निर्माणमा उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।