सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन

सोमबार, असार ८ २०८३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत रहेका खरेलको हिजो राति पौने १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उहाँ लामो समयदेखि दमसम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

खरेल २०५६ सालको आम निर्वाचनमा काभ्रेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। कांग्रेस नेतृत्वसँग निकट रहेर उनले पार्टीभित्र महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

स्वर्गीय खरेलको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ।

श्रद्धाञ्जलीपछि दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम तय गरिएको छ।