नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व–पश्चिम राजमार्गमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०६६५ नम्बरको बसले चिसापानीमा यात्रु ओरालेर सडकमा मोड्ने क्रममा सोही दिशातर्फ आइरहेको ना.५ ख १९०५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–६ निवासी ३० वर्षीया नेहा गुरुङ गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि चिसापानी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
त्यसैगरी दुर्घटनामा विनयी त्रिवेणी–६ का ३२ वर्षीय मदन क्षेत्री, बस चालक बर्दघाट नगरपालिका–४ निवासी ४८ वर्षीय लक्ष्मण ज्ञवाली र प्रतापपुर गाउँपालिका–९ निवासी ३५ वर्षीय दिनानाथ चौधरी घाइते भएका छन्।
बसमा चालकसहित १५ जना सवार रहेकामा ११ जना सकुशल रहेको प्रहरीले जनाएको छ।