सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

रास्वपा महाधिवेशन उद्घाटनका लागि प्रधानमन्त्री शाह चितवनमा

आइतबार, असार ७ २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन शाह चितवन पुगेका छन्।

प्रधानमन्त्री शाह बिहान साढे ११ बजे पत्नी सविना काफ्ले र छोरीसहित चितवन पुगेका हुन्। उनी महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।

महाधिवेशन दिउँसो १ बजे भरतपुरस्थित गेस्टहाउस चौरमा सुरु हुने छ। उद्घाटन समारोह पार्टी सभापति Rabi Lamichhane र प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ।

रास्वपाले पहिलो पटक आयोजना गरेको महाधिवेशनमा देशभरका प्रतिनिधि तथा विभिन्न क्षेत्रका अतिथिहरूको सहभागिता रहनेछ। महाधिवेशनमार्फत पार्टीले आगामी संगठनात्मक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।