सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

कक्षा १२ को नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

शुक्रबार, असार ५ २०८३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकले नतिजा अनुमोदन गर्दै सार्वजनिक गरेको हो।

सार्वजनिक नतिजाअनुसार नियमिततर्फ परीक्षामा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यो कुल परीक्षार्थी संख्याको ६९.७५ प्रतिशत हो।

बोर्डका अनुसार नियमिततर्फ १ लाख ४ सय ७१ विद्यार्थीले कुनै न कुनै विषयमा ‘नन ग्रेडेड’ (एनजी) प्राप्त गरेका छन्, जुन कुल परीक्षार्थी संख्याको ३०.२५ प्रतिशत हो।

यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। आंशिकतर्फका ३६ हजार ४२० जनासहित कुल २ लाख ६८ हजार १९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।

समग्रमा नियमित र आंशिक दुवैतर्फ गरी ६४.३१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ।

परीक्षाका क्रममा अमर्यादित गतिविधिमा संलग्न भएको पुष्टि भएपछि ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।