बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कक्षा १२ को नतिजा प्रकाशन

शुक्रबार, असार ५ २०८३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा प्रकाशन गरेको जनाएको छ।

गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए।

नियमित परीक्षार्थीमध्ये १ लाख ७२ हजार १२ जना छात्र, १ लाख ६० हजार १३७ जना छात्रा तथा अन्य लिङ्गका २९० जना विद्यार्थी सहभागी रहेको बोर्डले जनाएको छ।

परीक्षा सञ्चालनका लागि देशभर १ हजार ४२० तथा जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो। सबैभन्दा बढी १६१ परीक्षा केन्द्र काठमाडौंमा रहेका थिए भने मनाङ र मुस्ताङ जिल्लामा एक–एक वटा मात्र परीक्षा केन्द्र तोकिएको थियो।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष परीक्षा व्यवस्थापन र नतिजा प्रकाशन कार्य निर्धारित समयभित्र सम्पन्न गरिएको छ।