बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आमा–बुबाले गाली गरेको भन्दै बालकद्वारा आत्महत्या

मंगलबार, भाद्र १७ २०७६

वीरगन्ज । पर्साको वीरगन्जमा एक बालकले बुबा–आमाले गाली गरेको भन्दै आत्महत्या गरेका छन् ।

वीरगन्ज महानगरपालिका–२० अपौनी बस्ने नविलाल प्रसाद चौरसियाका १४ वर्षीय छोरा गोविन्द प्रसाद चौरसियाले आत्महत्या गरेका हुन् ।

घरायसी विषयमा आमा–बुबाले गाली गरेपछि निराश भएका गोविन्दले बाँसको बलोमा पासो लगाएका थिए ।

पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका गोविन्दलाई उद्दार गरी उपचारका लागि लगिएपनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक गोविन्दको शवको परीक्षण पछि आफन्तलाई जिम्मा लगाएको छ ।