काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित केही सांसदहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त नबुझेपछि उनीहरूले उठेर विरोध जनाउँदै संसद्को रोष्ट्रम घेराउ गरेका हुन्।
बैठकका क्रममा सभामुखले यसअघि नै सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न निर्देशन दिएका थिए। तर सांसदहरूले आदेशको पालना नगरेपछि सभामुखले पुनः सचेत गराउँदै शान्त रहन आग्रह गरेका थिए।
मन्त्री यादवको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले निरन्तर नाराबाजी र विरोध जारी राखेपछि सदनको कार्यवाही केही समय अवरुद्ध भएको बताइएको छ।
सभामुखले सदनको मर्यादा कायम राख्न र बैठक सञ्चालन सहज बनाउन आग्रह गर्दै स्थिति नियन्त्रणमा लिन प्रयास गरेका थिए।