काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।
अख्तियार स्रोतका अनुसार पासपोर्ट खरिदसम्बन्धी प्रकरणमा अनुसन्धान जारी रहँदा अर्याललाई नियन्त्रणमा लिइएको हो। सोही प्रकरणमा व्यवसायी सिद्धार्थ थापा पनि अनुसन्धानको दायरामा रहेको जनाइएको छ।
अख्तियारले यस प्रकरणमा थप एक जनालाई पनि पक्राउ गरेको स्रोतले जनाएको छ। उनीहरू हाल सुरक्षा निगरानीमा राखिएको बताइएको छ।
घटनाबारे अख्तियारले औपचारिक विवरण सार्वजनिक गरेको छैन भने अनुसन्धान प्रक्रिया अघि बढिरहेको जनाइएको छ।