बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कतार एयरवेजको विमानमा चरा ठोक्किएपछि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड

आइतबार, भाद्र १५ २०७६

काठमाडौँ । चरा ठोक्किएपछि कतार एयरवेजको एउटा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ।

कतारको दोहाबाट आइतबार बिहान काठमाडौं आइपुगेको जहाजमा चरा ठोक्किएपछि ग्राउन्डेड भएको त्रिवुभन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

जहाजको दायाँ इन्जिनमा चरा ठोक्किएको विमानस्थलले जनाएको छ । इन्जिनमा चराको पखेटा र रगत लतपतिएको भेटिएपछि विमान ग्राउन्डेड गराइएको छ ।

आइतबार दिउँसो कतारबाट आउने प्राविधिक टोलीले विमानको प्राविधिक परीक्षण गरेपछि मात्रै उडाउने निश्चित हुने कतार एयरवेजले जनाएको छ ।