बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसले बढायो क्रियाशील सदस्यता वितरणको म्याद

शुक्रबार, जेष्ठ २९ २०८३

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सदस्यता वितरणको म्याद अर्को सूचना जारी नभएसम्मका लागि थप गरेको छ।

पार्टीले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार हालसम्म योग्य ठहरिएका सात लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका छन्।

त्यसैगरी, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेका छन्। उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक गर्ने प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ।

यसअघि क्रियाशील सदस्यता अद्यावधिकका लागि जेठ २८ गते राति १२ बजेसम्मको समयसीमा निर्धारण गरिएको थियो। तर सदस्यता वितरण तथा अद्यावधिक प्रक्रियालाई थप प्रभावकारी बनाउन पार्टीले म्याद बढाउने निर्णय गरेको जनाएको छ।

कांग्रेसले सबै योग्य सदस्यलाई अद्यावधिक प्रक्रियामा सहभागी भ