सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

विपक्षी अवरोध नहट्दा प्रतिनिधिसभा बैठक सारियो

बुधबार, जेष्ठ २७ २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक समय परिवर्तन गरिएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक विपक्षी दलसँगको सहमति नजुटेपछि दिउँसो २ बजेसम्मका लागि सारिएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै बैठक सारिएको जानकारी गराएका हुन्।

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसदमा निरन्तर अवरोध गर्दै आएका छन्। सोही कारण प्रतिनिधिसभाको नियमित कार्यसूची प्रभावित हुँदै आएको छ।

संसदको गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विपक्षी दलहरूसँग संवादमा सक्रिय छन्। उनले विभिन्न दलका नेताहरूसँग छलफल गरी सहमतिको वातावरण बनाउन प्रयास गरिरहेका छन्।

तर हालसम्म ठोस सहमति नजुटेकाले बैठक निर्धारित समयमा बस्न नसकी पछि सारिएको हो। संसद सचिवालयले दलहरूबीच छलफल जारी रहेकाले आजै बैठक सञ्चालन हुने सम्भावना भने कायमै रहेको जनाएको छ।