काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्री पदमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्।
प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपति पौडेलले गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढेको जनाइएको छ।
स्रोतका अनुसार गुरुङले आजै दिउँसो ३ बजे राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन्।
यसअघि विभिन्न विवादका कारण गृहमन्त्री पदबाट राजीनामा दिएका गुरुङमाथि सरकारले छानबिन समिति गठन गरेको थियो। समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेपछि मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको थियो।
सोही प्रक्रियापछि गुरुङलाई पुनः गृह मन्त्रालयको नेतृत्व सम्हाल्ने गरी सिफारिस गरिएको बताइएको छ।
गुरुङको पुनर्नियुक्तिसँगै गृह मन्त्रालयको नेतृत्व फेरि उनकै जिम्मेवारीमा जाने भएको छ। शपथ ग्रहणपछि उनले औपचारिक रूपमा गृहमन्त्रीको कार्यभार सम्हाल्नेछन्।